सरकारले रोजगारीका लागि विदेशमा रहेका र भिसा सकिएका नेपालीहरुलाई पनि नआत्तिकन सोही देशमा बस्न आग्रह गरेको छ ।
सरकारद्वारा जारी विशेष पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले विश्वव्यापी प्रकोपको अवस्था रहेको कारण कुनै विशेष उपाय अपनाएर ल्याउन सक्ने अवस्था नभएकोले विदेशमा रहेका नेपाली नागरिकलाई सोही विदेशमा अनात्तिकन बस्न आग्रह गरे ।
उनले विरामी परेकाहरुको पनि सो देशले उपचार गर्ने भएकोले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पारेका छन् ।
‘विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार विरामी परेको भए त्यो मुलुकबाट बाहिर निकाल्न मिल्दैन, त्यहाँ सोही देशले उपचार गर्छ’, उनले भने, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । (प्रतिबन्ध)बाटो खुलेपछि आउनुस् ।’
प्रतिक्रिया