उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम सम्पन्न

विहीबार, ०६ चैत्र २०७६, १७ : ४६

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको  उच्च्स्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ । गत  फागुन १९ गतेदेखि सञ्चालित उक्त तालीममा  राष्ट्रिय सुरक्षाका सबै आयाममा प्रशिक्षण दिइएको थियो ।

तालीममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी  तथा नेपाली सेनाका र सुरक्षा निकायका गरी २२ जना सहभागी थिए ।  तालीम समापन गर्दै  स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले प्राप्त ज्ञान र सीपबाट राष्ट्रिय सुरक्षा नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे । 

विहीबार, ०६ चैत्र २०७६, १७ : ४६

प्रतिक्रिया