वाग्मती प्रदेश नेकपा मुख्य सचेतकमा पाण्डे

विहीबार, ०६ चैत्र २०७६, १७ : ५५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन्। पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन् । नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं  २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०४० मा तत्कालीन अनेरास्ववियु (पाँचांैँ) नुवाकोट अध्यक्ष बनेका  पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बनेका थिए।

पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव बनेका थिए ।विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव थिए । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि थिए । 

यसअघि मुख्य सचेतक रहेका  रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।

विहीबार, ०६ चैत्र २०७६, १७ : ५५

प्रतिक्रिया