विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन पाँचतारे होटलहरुले बन्द हुन थालेका छन् ।
होटलमा अकुपेन्सी नभएपछि सञ्चालन खर्च पनि उच्च भएको र सावधानी पनि अपनाउनुपर्ने भएकोले पाँचतारे होटलहरु बन्द हुन थालेका हुन् ।
अहिलेसम्म होटल हायात, बत्तीसपुतलीस्थित होटल द्वारिकाज तथा होटल सोल्टीका दुई वटा विङमध्ये एउटा बन्द भएका छन् ।
हायात ब्यवस्थापनले आगामी ६ साताका लागि होटल बन्द गरेको र त्यसपछि अवस्था हेरेर मात्र आवश्यक निर्णय लिने जनाएको छ।
विश्वका विभिन्न मुलुकमा कोरोनाका कारणले गर्दा हिले पर्यटक आवगमन ठप्प छ भने नेपाल सरकारले पनि पर्यटक भिसा दिन बन्द गरेको छ।
त्यस्तै सरकारले हिजो २५ जनाभन्दा बढी भेला नहुन भनेको छ।
सबैतिर त्रासको वातावरण बन्दै गएपछि अन्य होटलहरु पनि बन्द हुने क्रममा रहेका छन् ।
होटल रयाडिसन, अन्नपुर्ण, याक एण्ड यतिले पनि कर्मचारीसँग कुराकानी गरेर बन्द गर्ने तयारी गरिरहेको बताएका छन् ।
अहिले होटल चलाउँदा पाहुना नभएकोले बिजुली र पानीकै खर्च पनि धेरै हुने र बन्द गर्दा पनि कर्मचारीलाई पुरै तलव दिन नसकिने भएकोले ति होटलहरुले कर्मचारहिरुसँग छलफल गरिरहेको बताउका छन ।
प्रतिक्रिया