चीनमा भुकम्प : नेपालसम्म धक्का महसुस

शुक्रबार, ०७ चैत्र २०७६, ०८ : १८

काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

चीनको पश्चिमी सीजाङमा गएको ५।६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । 

राष्ट्रिय भूकम्पमापन केन्द्रले पनि आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र नरहेको बताउँदै यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।
 

शुक्रबार, ०७ चैत्र २०७६, ०८ : १८

प्रतिक्रिया