विश्वभर फैलिरहेको कोरोना भाइरसको सङक्रमणबाट हुने सम्भाबित जोखिमलाई मध्यनजर गर्दै महानगरले पुर्व सावधानी अपनाएको छ ।
काठमाडौँ महानगरपालिकाले विभिन्न मन्दिरमा भक्तजनहरुलाई प्रवेश निषेध गरेको छ ।
महानगरको वडा नम्बर २२ ले संकटा मन्दिर, महाँकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर, र बटु भद्रकाली मन्दिरहरुको भक्तजनलाई प्रवेश निषेध गरिएको एक सुचना जारी गर्दै जानकारी गराएको छ ।
महानगरले आज चैत्र ७ गते शुक्रबारदेखि लागु हुने गरी नित्यपुजा बाहेक भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस नियन्त्रण ब्यबस्थापनको लागि यस्तो निर्णय भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया