भोजपुरमा बस र जडाजबाट भित्रिने यात्रुलाई  ‘हेल्थ डेस्क’

शुक्रबार, ०७ चैत्र २०७६, १३ : ३३

कोभिड–१९ बाट जोगिन भोजपुरको एक मात्र टक्सार विमानस्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । 

जहाजबाट आएका यात्रुका कारण रोगलाई अन्यत्र फैलिन नदिन कक्ष सञ्चालनमा ल्याइएको हो । 

भोजपुर नागरिक उड्डयन कार्यालय, भोजपुर नगरपालिका र स्वास्थ्य कार्यालय भोजपुरको सहकार्यमा विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको हो । 

विमानस्थलमा चिकित्सक र दुई प्यारामेडिक्स र नर्सिङ स्टाफ कक्षमा छन् । 

उनीहरुले जहाजबाट झरेका यात्रुको अवस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।   

यस्तै जिल्ला अस्पताल भोजपुरमा १० श्ययाको आइसोलेसन श्यया स्थापना गरिएको छ ।

 कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पताल भोजपुरमा आइसोलेसन श्यया स्थापना गरिएको हो ।

त्यस्तै भोजपुरमा बसका माध्यमबाट यात्रु भित्रिने मुख्य नाका अरुण गाउँपालिकाको जरायोटारमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।

 जिल्ला भित्रिने यात्रुको जाँचका लागि डेस्कको स्थापना गरिएको वडा नं ७ का अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
 

शुक्रबार, ०७ चैत्र २०७६, १३ : ३३

प्रतिक्रिया