नेपाल बाट  भारत उडान बन्द

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ३६

भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई र बैंगलोर उडान गर्दै आएको  एयरलाइन्सले  नियमित उडान चैत्र ९ गतेदेखि लागु हुने गरी  अनिश्चतकालका लागि स्थगित गरेको छ ।

यसअघिनै भारतले  सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरिसकेको छ ।  सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय गरेको हो ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने  एरलाइन्सले जनाएको छ । 
 

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ३६

प्रतिक्रिया