अपि पावर कम्पनीको १६ औं वार्षिक साधारण सभा स्थगित

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ४०

अपि पावर कम्पनी लिमिटेडको निर्वाचन सम्बन्धि सम्पूर्ण काम कारबाहीहरुलाई यथावत् राख्दै बाकँी निर्वाचनका काम कारबाहीहरु साधारण सभाबाट गर्ने निर्णय गर्दै अर्का सुचना प्रकाशित नभएसम्मको लागी वार्षिक साधारण सभा स्थगित गरिएको छ ।

चैत्र ७ सात गते हुने भनिएको साधारण सभा सरकारले २५ वा सो भन्दा बढी व्यक्तिहरुको जमघट हुन रोक लगाएपछि सो साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । साथै कम्पनीको वार्षिक साधारण सभाका अन्य छलफलका विषयहरु यथावत् नै रहने  र साधारण सभा प्रयोजन एवं हकंप्रद शेयर निष्काशनको खाताबन्दी चैत्र १ देखि चैत्र ६ गतेपसम्म नै कायम रहने सबैलाई जानकारी गराएको छ ।
 

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ४०

प्रतिक्रिया