१७ बर्षीय किशोरीको हत्यामा आरोपित मध्ये एक युवक द्धारा अपराध स्वीकार

शुक्रबार, ०७ चैत्र २०७६, १७ : १३

इलाम जिल्लाको सुर्याेदय नगरपालिका १३ बस्ने  १७ वर्षीया किशोरीको हत्याको आरोपमा  सोधपुछका लागि हिरासतमा लिएका चार  अभियुक्त मध्ये एक युवकले अपराध स्वीकार गरेको छ।

स्थानीय २५ बर्षे रोशन राईले मंगलबार बलात्कार गरेर किशारीको हत्या गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बुधबार अमलिसो रोपेको ठाउँमा पीडितको शव फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो  ।

परिक्षा दिन विद्यालय जाने क्रममा किशोरीको बलात्कार भएको डीपीओका प्रमुखका प्रहरी उपरीक्षक (एसपी) हीरा बहादुर पाण्डेले  बताएका हुन् । रोशनले जबरजस्ती बालिकालाई नजिकको जगंलमा लगेर बलात्कार गरेको बताइएको छ । 

युवतीलाई बलात्कार गरेर जब उनले अरूलाई उक्त घटनाको बारेमा बताउने धम्की दिएको र राईले उनको हत्या गरेर उनको लाशलाई खेतमा गाडेको  एसपी पाण्डे बताउँछन् । 

डीपीओले रोशन राईको बिरुद्द जिल्ला अदालत इलाममा मुद्दा हाल्ने प्रक्रिया शुरू गरेको छ।

शुक्रबार, ०७ चैत्र २०७६, १७ : १३

प्रतिक्रिया