ट्र्याक्टरको ठक्करबाट मृत्यु

आइतबार, ०९ चैत्र २०७६, १२ : ५३

सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको हो । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार, ०९ चैत्र २०७६, १२ : ५३

प्रतिक्रिया