धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यसबारे सत्यतथ्य बुझ्न इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको नेतृत्वको टोली घटनास्थलतर्फ गएको वताइएको छ ।
प्रतिक्रिया