सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

आइतबार, ०९ चैत्र २०७६, १६ : ४५

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने  कर्जा प्रवाह र बचत सङ्कलन(आर्थिक कारोवार)बन्द गर्ने भएको छ ।  कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिए । 

शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ । 

आइतबार, ०९ चैत्र २०७६, १६ : ४५

प्रतिक्रिया