काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

सोमबार, १० चैत्र २०७६, १४ : ५५

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । 

कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । 

उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

 ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ । 

प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने उहाँको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए÷नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ ।

 उनले भने, “स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भए÷नभएको जानकारी गराउन सक्छन् ।”

कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । 

भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो ।
 

सोमबार, १० चैत्र २०७६, १४ : ५५

प्रतिक्रिया