एक व्यक्तिले दिए सरकारलाई पीपीई, मास्क, चश्मा, पञ्जा, जुत्ता, हेलमेट र स्यानीटाईजर

शनिबार, १५ चैत्र २०७६, १५ : ५४

कोरोना भाईरस (कोभिड –१९) जाँच गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण ( पिपिई ) को अभाव भईरहँदा व्यक्तिगत स्तरबाट सरकारलाई सहयोग हुन थालेको छ । 

इन्ट्रिग्रेटेड ग्रुप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका भरत पराजुलीले आज स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद व्यबस्थापन ईकाईलाई ४० सेट पिपिई हस्तान्तरण गरेका हुन् । 
हरेक पिपिई सेटमा “एन–९५” माक्स, चस्मा, पञ्जा, हेलमेट, शरिमा लाउने कपडा, जुत्ता, स्यानीटाईजर, जुत्ता कभर सहित ८ प्रकारका स्वास्थ्य सामाग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपका छन् । 

पराजुलीले सबै सामाग्री नेपालकै बजारबाट किनेको जानकारी दिए । “१ सेट पिपिईको मुल्य अभिवृद्धिकर भ्याट बाहेक ८५०० पर्यो, पराजुलीले भने, कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस भनेर आफुले सकेको सहयोग गरेको हुुँ ।”

उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका विचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । “यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ,” उनेले भने । 

सामग्री बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोसन पोखरेलले अहिलेको आवश्यकता नै पीपीई भएको बताए  । 

सेटले ज्वरो क्लिनीक, आईसोलेसनमा भएका विरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डाक्टर पोखरेलको भनाई छ ।

पीपीई सेट प्रमुख विशेषज्ञ डाक्टर पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

शनिबार, १५ चैत्र २०७६, १५ : ५४

प्रतिक्रिया