कोरोना भाइरस परिक्षणका लागि भन्दै ललितपुरको कुपण्डोलमा मापदण्ड विपरीत खुलेको विध ल्यावले पीसीआर रिपोर्ट समयमा नदिएर बिरामीकाे अप्रेसन छुटाइदिएकाे छ ।
सिभिल अस्पतालमा हड्डीको अप्रेसन गर्नका लागि पीसीआर जाँच गर्न पठाएका बिरामी अमिर विष्टको रिपोर्ट विधले नदिएपछि उनको अप्रेसन गर्न छुटेको हो ।
विष्टको अप्रेनका लागिहाड तथा जोर्नी रोग विशेषज्ञ डाक्टर कपिलमणि के.सी.ले बेलुकी ५ बजेको समय तय गरेका थिए ।
त्यसका लागि पीसीआर रिपोर्ट आवस्यक पर्ने भएकोले बिरामीका आफन्तले नजिकको ल्याव भन्दै विध ल्यावमा दिउँसो १२ बजे स्वाव दिएका थिए ।
तर बेलुका ६ ः२० बजेसम्म पनि उक्त ल्यावले रिपोर्ट नदिएपछि डाक्टरहरु कुरेर बसिरहेका छन् । अस्पस्तालले अप्रेसनका लागि जरुरी भनेर लेखेका बिरामीको समेत रिपोर्ट समयमा नदिएको उक्त ल्यावले ठगी गरेको डाक्टरहरुको बुझाईछ छ ।
‘अप्रेसनका लागि बिरामी र डक्टरहरु तयारी अबस्थामा पीसीआर रिपोर्ट कुरेर बस्नुभएको छ, तर न रिपोर्ट आउँछ न ल्यावको फोन उठ्छ’, सिभिल अस्पतालमा रहेका महेन्द्र भण्डारीले भने, ‘पाँच बजेका लागि तय गरिएको अप्रेसन डेढ घण्टा ढिला भइसक्यो, डक्टरहरु कुरेर बसिरहनुभएको छ ।’
उनका अनुसार अप्रेसन गर्नुपर्ने बिरामीको संवेदनशिलता नबुझ्ने यस्ता ठग ल्याव तत्काल बन्द गर्न सिफारिसको तयारी गरेका छन् ।
सो ल्यावले ठगी गर्ने यो पहिलो घटना भने होइन । सप्तरीबाट काठमाडौं आएका अर्का एकजना कर्मचारीले पनि ल्यावले आफूलाई ठगेको गुनासो गरेका छन् ।
ल्यावले ४ हजारमा कोरोना भाइरस परिक्षण गर्ने भनेर प्रचार गरेपछि आफू सरकारी कामको लागि काठमाडौं आएको बेला उक्त ल्यावमा स्वाव दिएको तर रिपोर्ट लिन जाँदा ४ हजार तिर्नेको रिपोर्ट २ दि पछि मात्र आउने भन्दै फर्काएका थिए ।
तर आफ्नो जरुरी काम भएकोले रु ५५ सय तिर्न तयार भएपछि भने तत्काल रिपोर्ट दिएको उनले बताए । ‘यो राज्यमा ठगीमात्र छ, हामी कर्मचारी हौंँ भनेपछि त ठगीन्छौँ भने सर्वसाधारणको अबस्था के होला’, उनले प्रश्न गरे ।
सो ल्यावले मापदण्ड पूरा नगरेकाेले अनुगमन टाेलीले रिपाेर्ट नदिँदै मन्त्रालयकाे दवावमा अनुमति दिइएकाे थियाे ।
प्रतिक्रिया