आशा लघुवित्तले १५ प्रतिशत लाभांश दिने

३ बर्ष अगाडि

आशा लघुवित्त वित्तिय संस्थाले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आव ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५/७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव  राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया