नबिल बैंकका ग्रहकलाई फाइदै फाइदा ! ७ प्रतिशत ब्याजमै कर्जा, निक्षेपकर्तालाइ पनि ९ प्रतिशत ब्याज

३ बर्ष अगाडि

नबिल बैंकले नबिल चाडपर्व योजना ल्याएको छ । 

उक्त योजनामा बैंकले निक्षेपकर्तालाई राम्रो ब्याज दिने र ऋणीलाई सस्तोमा कर्जा दिन लागेको हो । 

बैंकले ल्याएको योजनाअनुसार १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्रहाकले बार्षिक ९ प्रतिशत सम्म ब्याज पाउने भएका छन् । 

त्यस्तै, ग्रहाकले १ बर्षसम्मकोमा ८.५ प्रतिशत, २ बर्ष भन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत  र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याजदर पाउने छन् ।

उता, उक्त योजनामा बैंकबाट कर्जा लिने ग्रहाकहरुले पनि सस्तो ब्याजदरमा कर्जा पाउने छन् ।

बैंकले घर कर्जा ७.४९, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट ७.९९ , साना तथा मझौला कर्जा १ करोडसम्मलाई ७.४९ तथा एक करोड भन्दा माथिलाई ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको हो । 

बैंकले प्रदान गर्न लागेको यस कर्जाहरुको ब्याजदर एक वर्ष सम्म  परिवर्तन हुने छैन। 

३ बर्ष अगाडि

प्रतिक्रिया