आयोजना प्रभावित स्थानीयका लागि ७ गतेबाट आईपीओ निष्काशन गर्दै युनाईटेड इदी–मार्दी हाइड्रोपावर

३ बर्ष अगाडि

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले स्थानीयलाई एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

यो कम्पनीको पहिलो चरणको आईपीओ निष्काशन हो । दोस्रो चरणमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ बराबरको  ६ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

स्थानीय बासिन्दाका लागि जारी गर्न लागेको आईपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया