असोज ७ बाट समीट र सजिलोको एकिकृत कारोबार सुरु हुदैँ

३ बर्ष अगाडि

समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले असोज ६ गते बाट एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृती दिएसगैँ कम्पनीले  सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएको हो ।

यी दुई लघुवित्त आपसमा गाभिएपछि समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्ने छन् ।

यी दुबै लघुवित्तले असार ३१ गते छुट्टाछुट्टै विशेष साधारण सभामार्फत १ बराबर १ शेयर शेयर स्वाप रेशियामा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।

दुबै लघुवित्त बिच असार २८ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो।

हाल समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ रहेको छ भने सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको छ। मर्जरपश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया