झिनो अंकले बढयो नेप्से , कारोबार रकम झन्डै ३ अर्ब बराबर

३ बर्ष अगाडि

आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३ अंकले बढेको छ ।

आज ११  सुरु भएको कारोबार उकालो ओरालोको यात्रा तय गर्दै ३ बजे सम्म आउँदा ०.१९ प्रतिशतले बढेर  १५७५.१८ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह भने बढेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १८८ कम्पनीको ९२ लाख १७ हजार ५४८ कित्ता शेयर ६४ हजार ४७२  पटक खरिद विक्री हुदाँ २ अर्ब ७३ करोड ९३ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया