ह्वात्तै ब्याजदर घटाउँदा बचतकर्ता मारमा

३ बर्ष अगाडि

बैैंकहरुले निक्षेपमा दिने ब्याज अकस्मात घटाउँदा बचतकर्ता मारमा परेका छन्। पछिल्लो समय कर्जाको मागमा आएको शिथिलताले तरलता (कर्जायोग्य रकम) बढेको कारण देखाउँदै बैंकहरुले निक्षेपमा दिने ब्याजमा भारी कटौती गर्न थालेका छन्।
 यसरी निक्षेपमा दिने ब्याज घटाएपछि त्यसले बचतकर्तालाई घाटामात्र पार्ने हैन, बचत गर्न पनि निरुत्साहित गर्ने विज्ञहरुको चिन्ता छ।

कोरोना कहरले आर्थिक गतिविधि ठप्प हुँदा कर्जाको माग घटेकाले तरलता थुप्रेको भन्दै बैंकहरुले भटाभट ब्याज घटाउन थालेका हुन्। बैंकहरूले बजारमा माग र आपूर्तिलाई आधार देखाए पनि नाफा घट्न थालेपछि खर्च कटौती गर्न निक्षेपमा दिने ब्याज घटाएका हुन्। ब्याजदर कम हँुदा त्यसको फाइदा कर्जा लिनेलाई भए पनि बचतकर्ता भने घाटामा पर्छन्।

वाणिज्य बैंकहरुले भर्खरै प्रकाशन गरेको सूचना अनुसार अब बचतकर्ताले बढीमा ४ प्रतिशतभन्दा धेरै ब्याज प्राप्त गर्न सक्ने छैनन्। कतिपयले त बचतमा दिइने ब्याजदर २ प्रतिशतसम्म झारेका छन्। यो ब्याजदर बैंकहरुले अघिल्लो वर्ष प्रदान गरेको ७ प्रतिशतको ब्याज प्रतिफलभन्दा धेरै कम हो। यससँगै अब बचतको वास्तविक ब्याजदर ऋणात्मक भएको छ। मूल्यवृद्घिदर भन्दा बैंकहरुले प्रदान गर्ने ब्याजदर कम भएको अवस्थालाई ऋणात्मक ब्याजदर मानिन्छ। नेपाल राष्ट्र बैंकका अनुुसार अघिल्लो आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.५ प्रतिशत रह्यो। ६.५ प्रतिशत मुद्रास्फीति हुदाँ बैंकमा २ प्रतिशतमा बचत गर्दा पैसाको मूल्य ४.५ प्रतिशतले क्षयीकरण हुन्छ।

ब्याजदर बढ्ने बेलामा ‘भद्र सहमति’ गरेर निक्षेपदरमा सीमा तोक्ने बैंकरहरु घट्दा भने ब्याजदर बजारले निर्धारण गर्ने भन्दै पन्छिन्छन्। नागरिक दैनिकमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया