आजबाट समीट र सजिलोको एकीकृत कारोबार सुरु हुदैँ, छिट्टै एफपीओ निष्काशन गर्ने तयारी

३ बर्ष अगाडि

आजबाट समिट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले  एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

मर्ज भएर पछि समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो । 

यस अघि दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भाद्र ७ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले भाद्र २८ गते स्वीकृती दिएको थिए ।

समिटले आइपीओ जारी गरेको छ भने लघुवित्तले सजिलो लघुवित्तले आइपीओ जारी गरेको छैन ।

लघुवित्तले मर्जर पश्चात सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने साधारण सभाबाट पारित गराइसकेको छ ।

मर्जर पश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया