स्मार्ट लाइसेन्स ठेक्कामा १० करोडको भ्रष्टाचार, नेपालीको गोप्य डाटा भारतलाई बिक्री गर्न हमालको सेटिङ्ग

३ बर्ष अगाडि

काठमाडौं – यातायात व्यवस्था विभागले  विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का प्रक्रियामा १० करोड चलखेल गरेर महँगो कम्पनीलाई ठेक्का दिएको छ । 

एउटा कार्ड छपाइबापत ०.५९ डलर प्रस्ताव गरेको मलेसियन कम्पनी आइरेसलाई पाखा लगाएर १.०१ डलर मूल्य प्रस्ताव गरेको भारतीय कम्पनीमद्रास सेक्युरिटी प्रिन्टर्सलाई ठेक्का दिएर १० करोड भ्रष्टाचार गरिएको हो । 
मलेसियन कम्पनी आइरेस एशिया प्रशान्त क्षेत्रकै सबैभन्दा गुणस्तरीय छपाइ गर्ने कम्पनी हो । विभागले ३ महिनाअघि सुरु गरेको उक्त ठेक्का प्रक्रियामा ३ वटा कम्पनीले सहभागिता जनाएका थिए । ती मध्ये भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले सबैभन्दा धेरै १.०१ डलर,  फ्रान्सको सेल्प एसएसएले ०.८० डलर तथा मलेसियन कम्पनी आइरेस आइरेसले एउटा कार्ड छपाइबापत ०.५९ डलरमा छपाइ गर्ने प्रस्ताव पेश गरेका थिए । 

आइसेरले प्रस्ताव गरेको प्रतिकार्ड छपाई मूल्य सबैभन्दा कम थियो ।  तर विभागका महानिर्देशक गोगन बहादुर हमालले आइरेसलाई अयोग्य ठहर्याएर एउटै कार्डमा ०.२१ डलर बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई छपाईको ठेक्का सुम्पिनेगरी आशयपत्र दिएका छन् । 

उक्त टेन्डर खुलाउँदा १४ लाख पासपोर्ट छपाईका लागि भनिए पनि यसको सम्झौता अवधि ५ वर्ष हुने र यो अवधिसम्म आवश्यक पर्ने सबै कार्ड सोही मूल्यमा छपाई गर्नुपर्ने प्रावधान बोलपत्रको डकुमेन्टमा छ । यो हिसाबले ५ वर्षसम्म करिब ४० लाख कार्डको माग हुनेछ । महँगो कम्पनीलाई ठेक्का दिँदा ४० लाख कार्डमा प्रतिकार्ड २१ सेन्ट महँगो मूल्य पर्न आउँछ जुन करिब ८ लाख ४० हजार डलर हो । अहिलेको विनिमय दरअनुसार यसको मूल्य करिब १० करोड रुपैंया हुन आउँछ । यसरी महँगो मूल्य टेन्डर गर्ने कम्पनीलाई छनौट र हमालले १० करोड बराबरको अनियमितता गरेको विभागका कर्मचारीले नै आरोप लगाउन थालेका छन् । यतिमात्र होइन यसको मूख्य उद्धेस्य लाइसेन्स बनाउने सबै नेपालीको गोप्य डाटा भारतलाई सुम्पेर अतिरिक्त लाभ आर्जन गर्ने गरी गोप्य सम्झौता भएको पनि कर्मचारहिरुको आरोप छ । 

हमालले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आइसेर कम्पनीलाई कुनै कारणबिना अयोग्य घोषणा गरेर विभागले त्योभन्दा महँगो मूल्य आवेदन गर्ने कम्पनीको आवेदनलाई स्वीकृत गरेका छन् । 

टेन्डर प्रक्रियाको ‘लुपहोल’ के हो भने टेन्डरको मूल्यांकनकर्ताले कुनै पनि कम्पनीलाई योग्य र अयोग्य करार गरिदिन सक्छ । त्यसका लागि कुनै पनि कारण खुलाउनु समेत पर्दैन । सामान्यतया पूर्वयोग्यता पूरा गरेका कम्पनीको प्रतिस्पर्धा गुणस्तर भन्दा बढी मूल्यमै हुने गर्छ । तर यहाँ सबैभन्दा कम मूल्य कबोल गर्ने ९एल–१० कम्पनीलाई अयोग्य करार गर्नुले सो कम्पनीको प्राविधिक पक्षमाथि मूल्यांकनकर्ताले अविश्वास गरेको भन्ने देखिन्छ । 

आइरेस कम्पनी एशिया प्यासिफिक क्षेत्रकै सबैभन्दा राम्रो मानिने कम्पनी हो । मलेसियाको उक्त कम्पनीले दक्षिण एशियाका विभिन्न देशहरुमा आफ्नो कारोबार गर्दै आएको छ । २ महिना अघि मात्रै १ करोड ५० लाख पासपोर्ट छाप्न २७.५४ मिलियन डलरको ठेक्का पाएको थियो । अन्तरदेशीय आतंकवादी क्रियाकालापको लागि निकै संवेदनशील मानिने भारतको राहदानी निर्माण गर्ने उक्त कम्पनीलाई नेपालको सवारी चालक अनुमतिपत्रको छपाईका लागि भने अयोग्य करार गरिएको हो । 

लाइसेन्स छपाइमा यातायात व्यवस्था विभागले २ डलरको मूल्य अनुमान गरेको थियो । न्यून–बिडिङको समस्या आउन नदिन अनुमानित मूल्यमा ८५ प्रतिशत भन्दा कम मूल्य कबोल गर्नेले पर्फमेन्स बण्ड हाल्नुपर्ने सार्वजनिक खरिद ऐनमा गरिएको व्यवस्था अनुसार सबैले त्यस्तो बण्डको व्यवस्था समेत गरेका थिए । 

त्यसो त कार्डको टेन्टरमा सहभागी भएका ३ वटै कम्पनीलाई २ महिना अघि नै कार्डको नमूना पठाउन भनिएको थियो । सबैले तोकिएको समयमै कार्ड नमूना विभागमा पठाएका थिए । तर नमूना पठाएको बढी मूल्य कबोल गर्नेलाई ठेक्का दिनकै लागि २ महिनासम्म बोलपत्र प्रक्रियालाई अल्झाएर राखिएको थियो ।  यसबारे जानकारी लिन खोज्दा विभागका महानिर्देशक हमाल सम्पर्कमा आउन चाहेनन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया