वामदेव चुनाव लड्ने कुरा सकियो: प्रचण्ड

५ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने लफडा सकिएको बताएका छन् ।

दसैँ, तिहार, तथा छठको अवसरमा आलापोटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दाहालले गौतम आफैंले चुनाव नलड्ने जानकारी बिहीबार पार्टीमा गराएकाले अब उपचुनावको लफडा सकिएको बताएका हुन् ।

काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि उपचुनाव गराउन आफैं सक्रिय भएका दाहालले अब त्यसको च्याप्टर नै क्लोज भएको उल्लेख गरेका हुन् । दाहालले भने, ‘ अब वामदेव चुनाव लड्ने कुरा सकियो । यसमा टेन्सन लिनुपर्दैन । हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो ।’ रामवीरलाई राजीनामा गराएर उपचुनाव मार्फत सांसद बन्ने वामदेवको चाहनाको नेकपाभित्र र बाहिर चर्को विरोध भएको थियो ।

नौ सदस्यीय ९ समितिमा ६ जना उपचुनावको विपक्षमा देखियो भने काठमाडौं–७ का स्थानीय नेतासँग परामर्श गरेपछि परिस्थिति प्रतिकुल रहेको ब्रिफिङ पाएपछि गौतम आफैं चुनाव नलड्ने निर्णयमा पुगेका हुन् ।

गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाका सबै शीर्ष नेताहरुले चुनाव जिते पनि गौतम र गोरखा–२ मा बाबुराम भट्टराईसँग नारायणकाजी श्रेष्ठ हारेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया