५ महिनापछि फेरि घाटामा गयो चालु खाता, कति छ घाटा ?

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको सुरुदेखि नै नाफामा रहेको मुलुकुको चालु खाता अन्ततः पुन घाटामा गएको छ । चालु आवको मंसिरसम्म आउँदा त्यो रु. २१ अर्ब ३२ करोडले घाटामा गएको छ । नेपाल राष्ट्र बैंकको मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । 
चालु आवको पहिलो महिना अर्थात् रु. २५ अर्बले चालु खाता नाफा थियो । त्यसपछि बढ्दै गएको चालु खाता नाफा असोजसम्म ३४ अर्ब पुगेको थियो । त्यसपछि कात्तिकमा घटेर २० अर्बको पुगेको चालु खाता नाफा मंसिरसम्म आउँदा घाटामा गएको हो । बिशेषगरि पछिल्लो समय आयात बढेसँगै नेपालको मुद्रा बाहिरीए पनि चालु खाता घाटामा गएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया