नयाँ दाँत राखेर सुन्दर देखिन १ हजार देखि १ लाख सम्म खर्चिन्छन् नेपाली

३ बर्ष अगाडि

काठमाडौं- अहिले मानिसहरु स्वस्थ्य, सुखि मात्रै होइन सुन्दरताको पनि उत्तिकै आवस्यकता महसुस गर्छन, यो समयको माग हो । तर राम्रो देखिनलाई श्रृङ्गारले मात्र पर्याप्त हुँदैन । त्यसमा स्वास्थ्य सँगै शरीरका सम्पूर्ण अंग पनि तन्दुरुस्त हुन आवश्यक हुन्छ । 

झट्ट हेर्दा अनुहार सुन्दर  देखाउने दाँतको महत्वपुर्ण भूमिका हुन्छ । दाँत मिलेको, सफा, स्वस्थ्य भयो भने अनुहार पनि चिटिक्क देखिन्छ । त्यसैले अहिले मानिसहरु आफूलाई सुन्दर  देखाउन दाँतको सुरक्षामा कुनै कमि राख्दैनन् ।

यहि कारण डेण्टलहरुमा पछिल्लो समय मानिसको भिड लाग्ने गर्छ । डेण्टल क्लिनिक तथा अस्पताल जानेहरुमध्ये कतिपय त दाँत दुखाइको समस्याले जान्छन, तर धेरैजसो दाँत मिलाउन र सफा गर्नका लागि जानेहरु पनि हुन्छन् । 

युवा पुस्तादेखि बालबालिका, बृद्धबृद्धा सम्मका मानिसहरु दाँत बनाउँन, दाँतको उपचार गर्न, नमिलेको दाँतलाई मिलाउन आउने गरेको बताउँछिन  ललितपुरको अल्का डेण्टल होम प्रालिका व्यवस्थापक शुशिल राई । 

उनका अनुसार दिनमा ९ देखि १० जना सम्म दाँत बनाउन डेण्टल आउने गर्छन् । जसमा धेरै संख्या युवति महिलाहरु आउने गर्छन् । ‘दाँत उपचार गर्ने भन्दा पनि अहिले धेरै जसो दाँत बनाउँन आउने गर्छन् र त्यसमा पनि अहिले महिला युवतिहरु धेरै मात्रामा आउँने गर्छन्’, उनले भनिन । महिला धेरै आउँनु कारण माहिलाहरु सुन्दर हुन अलिक रुचाउँने भएको उनी बताउँछिन् ।

बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्मा ग्राहकहरुलाई सेवा दिँदै आएको अल्कामा  ८ जना डाक्टरहरु दाँतको उपचारमा सँलग्न छन् ।

कोहि नमिलेको दाँत मिलाउन, कोहि किराले खाएको दाँत भर्न, कोहि आफ्नो अनावश्यक दाँत फ्यालेर नयाँ दात राख्न आउँने गरेको उनको भनाई छ । 

उनका अनुसार एक जनाको नमिलेको दाँत मिलाउँन ५० देखि ६० हजार सम्म लाग्ने छ । त्यस्तै किराले खाएको दाँत भर्न सस्तोमा १ हजारदेखि १५ सय  सम्म र महँगोमा ३० ÷३५ हजारदेखि १ लाख सम्म लाग्छ । त्यसमा दाँतको क्वालिटि हेरेर भर पर्ने उनको भनाइ छ । 

सुनको दाँत लगाउने चलन घट्यो : 
पहिला पहिला मानिसहरुले सुनको दाँत भर्ने गरेता पनि अहिलेको समयमा यो चलन हराउँदै गएको छ । अहिले नयाँ दाँत राख्नेहरु प्राकृृतिक दाँत जस्तै देखिने नक्कली दाँतहरु लाउँनेहरुको संख्या अधिक मात्रामा रहेको उनले बताइन् । ‘हामिले ग्राहको इच्चा अनुसार नै सेवा सुविधा दिइरहेका छौं, तर धेरै मात्रा ३० हजार देखि ३५ हजार सम्ममा बनाउँने ग्राहकको संख्या धेरै रहेको छ’, उनी भन्छिन् ।

अल्का डेण्टल होमले नयाँ दाँत राखेको बील किस्ता किस्तामा पनि भुक्तानी गर्न सकिने सुविधा ल्याएको कारण ग्राहकलाई धेरै राहत मिलेको र सस्तो दाँत राख्ने सोँच बनाएर अस्पताल पुगेकाहरु महँगोमा राम्रो दाँत राखेर फर्कने गरेका छन् । 

लकडाउनले दाँतको ब्यवसाय चौपट 
कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनले दाँत उपचारको व्यवसायमा धेरै घाटा भएको अल्काले जनाएको छ । 

‘४ महिना त डेण्टल पुरै  नै बन्द भयो, त्यहि कारणले गर्दा गत बर्षको तुलनामा ग्राहकको संख्या यो वषै ५० प्रतिशतले घटेको छ’, उनले भनिन् । 

लकडाउन खुलेपछि पनि बाध्यता नै नपरे मानिसहरु डेण्टल क्लिनिक पुग्दैनन् । गत बर्ष एक महिनामा १ सय ६० देखि १ सय ७० जना सम्म बिरामी आउनेमा यस बर्ष महिनामा ८० देखि ९० जना मात्र बिरामी आउँने गरेको उनको भनाइ छ । 

अहिले केहि मात्रामा कोरोनाको त्रास सहज भए पछि स्वास्थ्य मापदण्डको पालना गरी उपचार गरिरहेको कारण विरामिको सँख्या बढ्दै गएको अर्को व्यावस्थापक रमिला तामाङले बताइन् ।

संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत डेन्टलले गत बर्षको आवमा केहि संघ संस्था र विधालयहरुमा निःशुल्क शिभिर सञ्चालन गरेको पनि थियो । तर  यो वर्ष भने कोरोनाको कारण कुनै त्यस्तो खालको कार्यक्रम सञ्चालन गर्न नसकेको र अब विस्तारै परिस्थिति सहज भए पछि यस्ता कार्यहरु स्वस्थ्य मापदण्ड पालना गरि सुरु गर्ने तामाङले बताइन् । ‘गत आवमा हामिले विभिन्न संघ संस्था र विधालयहरु गरि ४/५ ठाउँमा निशुल्क निशुल्क डेण्टल शिभिर सञ्चालन गरेका थियौं । तर कोरोनाको कारणले गर्दा यो बर्ष गर्न सकेको छैनौं अब कोरोनाको त्रास केहिमात्रामा सहज भए पछि फेरि स्वस्थ्य मापदण्ड पालना गर्दै शिविरहरु सञ्चालन गर्ने छौं ।’

३ बर्ष अगाडि

प्रतिक्रिया