काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक करिब ४५ अंकले बढेर २४१९.५२ को बिन्दुमा पुगेको छ ।
आज २३७४.६४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधिसम्म आउँदा ४४.८८ अंकले बढेर २४१९.५२ को बिन्दुमा पुगेको हो । परिसुचक १२ बजेसम्म आउँदा १.८९ प्रतिशतले बढेको हो ।
कारोबारका १२ उपसमुहमा व्यापार उपसमुह र सामुहिक लगानी कोष ओरालो लागेका छन् । व्यापार समुह ५.६ अंक र सामुहिक लगानी कोष ०.०५ अंकले ओरालो लागेको छ ।
१ घण्टाको अवधिमा कारोबारमा आएका १९४ कम्पनिको ४५ लाख २६ हजार १७७ कित्ता शेयर २१ हजार ९५४ पटक खरिद बिक्री हुदाँ २ अर्ब ५६ करोड ५० लाख बराबरको कारोबार भएको हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।