काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत (विकास) खर्च १९ दशमलव ६० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले चालु आवको बजेटको अर्धबार्षिक समिक्षा गर्दै यस्तो बताएको हो ।
समिक्षा अवधमिा पुँजीगत तर्फ ५० अर्ब ८२ करोड मात्र भएको छ । गत आवको सोही अवधीमा भने रु. ६३ अर्ब २० करोड विकास खर्च भएको छ ।
बार्षिक लक्ष्यको तुलनामा विकास खर्च १४.४० प्रतिशत मात्र भएको छ । चालु आवमा सरकारले विकास तर्फ रु. ३ खर्ब ५२ अर्ब ९२ करोड खर्च गर्ने लक्ष्य लिएको थियो । तर, ६ महिनामा यतिका मात्रामा मात्र विकास खर्च भएको छ ।
समिक्षा अवधीमा अधिकांश मन्त्रालयको विकास खर्च घटेको पनि छ । यसअवधीसम्म अर्थ, सस्कृति, पर्यटन तथा नागरिक उड्डययन, कृषि तथा पशुपंक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि र संघीय मामिला तथा सामायन्य प्रशासन मन्त्रालयको मात्र विकास खर्च बढेको छ ।
अर्थको ३०.६७ प्रतिशत, कृषि तथा पशुपंक्षी विकासको ३.४२ प्रतिशत, पर्यटनको १५.११ प्रतिशत, शिक्षा विकास तथा प्रविधिको १२६.३६ र संघीय मामिला तथा सामायन्य प्रशासन मन्त्रालयको ५.८८ प्रतिशतले विकास खर्च बढेको छ । यसका अलावा अन्य सबै मन्त्रालयको विकास खर्चमा उच्च गिरावट देखिन्छ ।
यसअवधीमा बढी विकासको काम गर्ने मन्त्रालयको नै पुँजीगत खर्च घटेको छ । मुख्यत यसअवधीमा उद्योग मन्त्रालयको ५१.३१ प्रतिशत, युवा तथा खेलकुदको ९८.८६ प्रतिशत, पराराष्ट्रको ७२.७९ प्रतिशत, सहरी बिकासको १६.२६ प्रतिशत, सञ्चारको ९०.१७ प्रतिशत, स्वास्थ्यको ३९.७६ प्रतिशत, भौतिक पुर्वाधार तथा यातायातको १२.०१ प्रतिशतले विकास खर्च घटेको छ । यसका अलावा अन्य मन्त्रालयको विकास खर्चमा पनि ह्रास आएको अर्थमन्त्रालयको भनाइ छ ।
कोरोनाको महामारीका कारण विकास निर्माणको कार्य प्रभावित हुदाँ यस अवधीमा पुँजीगत खर्च विस्तार हुन नसकेको बताइएको छ ।
मन्त्रालयअनुसार पुँजीगत खर्चको स्थिती
प्रतिक्रिया