डिप्रोक्सको लाभांश लगानीकर्तालाई चित्त बुझेन, नकरात्मक सर्किट लागेकै दिन सर्वाधिक कारोबार

३ बर्ष अगाडि

आज नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ । 

आज कम्पनीको ५६ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ ।  कम्पनीले लाभांश घोषणा गरेकै दिन कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । 

गत आवको मुनाफा बाट कम्पनीले घोषणाको लाभांश लगानीकर्तालाई चित्त नबुझे पछि सस्तो मूल्य मै शेयर विक्री गरेका हुन् ।  

आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले घटेर १९ सय ७३ रुपैयाँ पुगेको छ । 

कम्पनीको माघ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पूँजीको १५ प्रतशित बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया