तेस्रो घण्टा ६५ अंकले घट्यो नेप्से, ७ अर्ब बराबरको कारोबार

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा नेप्से ६५ अंकले घटेको छ । कारोबारको सुरुवातबाटै ओरोला लागेको नेप्से परिसूचक २ बजे सम्म आइपुग्दा २५ सय ४२.४३ को विन्दुमा आइपुगेको हो । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य बढेको छ । 

अहिले सम्ममा नेप्सेमा १ करोड ३५ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९० करोड रुपैयाँँ बराबरको कारोबार भएको छ । 

अहिले सम्ममा नेप्सेमा निफ्राको ७० करोड र अपर तामाकोशीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ  ।

३ बर्ष अगाडि

प्रतिक्रिया