भोलीबाट लिलामी सेयर बिक्री गर्दै नागरिक लगानी कोष

३ बर्ष अगाडि

काठमाडौं - भोलीबाट नागरिक लगानी कोषले सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्दैछ ।

कोषले सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त शेयर बिक्री गर्न लागेको कोषले जनाएको छ । 

लगानीकर्ताले भोलिबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने कोषले जनाएको छ । 

कोषको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया