तेस्रो घण्टा: २२.४० अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

२ बर्ष अगाडि

काठमाडौं, बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २२.४० अंकले घटेर २६२७.१९ विन्दुमा पुगेको छ । 

तीन घण्टा सम्ममा कारोबारमा आएका २१४ ओटा कम्पनीले ४ अर्ब ३३ करोड ४४ लाख ४३ हजार बराबरको  शेयर कारोबार गरेका छन ।

कारोबारको तेस्रो घण्टामा जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रु रु जलविद्युत्, लिवर्टी इनर्जी र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये व्यापार समूहको परिसूचक २ दशमलव शून्य २  प्रतिशतले घटेको हो । 

यस अवधिसम्म जलविद्युत् लगानी तथा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५११ मा कारोबार भइरहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया