नेपालमा एक महिनाको अवधिमा ५ सय ४३ कोरोना सङ्क्रमितको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं- नेपालमा एक महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ सय ४३ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाखको पहिलो सातादेखि सङ्क्रमितको संख्या तीव्र रुपमा वृद्धि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेखनीय रुपमा बढेको हो  ।

गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेकोमा वैशाख २४ मा आइपुग्दा ५ सय ४३ जना थप भई मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यस अवधिमा कोरोना संक्रमण दर ४२।९ प्रतिशत छ । साथै पछिल्लो २४ घण्टामा परीक्षण भएका २० हजार ४ सय ८२ नमुनामध्ये ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । 

थप संक्रमितसहित नेपालमा कुल सङ्क्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया