काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३.६९ अंकले घटेर २७७०.२० विन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधीमा काारोबारमा आएका २१३ ओटा कम्पनीको रू. ९ अर्ब २४ करोड ४९ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ४३ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ६५५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया