पहिलो दिनमै प्रभु सेलेक्ट फण्डको ४ करोड भन्दा इकाई विक्री

बुधबार, ०५ जेठ २०७८, १८ : ०६

काठमाडौं, प्रभु सेलेक्ट फण्डको पहिलो दिनमै ४ करोड १२ लाख ६८ हजार ३४० कित्ता इकाई विक्री भएको छ ।

बुधवार साँझ ५ बजेसम्म १८ हजार १८६ आवेदकहरुले रू ४ करोड १२ लाख ६८ हजार ३ हजार ४०० बराबरको उक्त इकाई खरीदका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कुल  १० करोड इकाई मध्य ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिइकार्ई रू। १० अंकित दरको कुल इकाईमध्ये बाँकी १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएकोे छ । 

यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । छिटोमा जेठ ९ गते र उक्त अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि अर्थात् जेठ १५ गतेसम्म यो इकाई विक्रीमा रहनेछ । 

प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट गत वैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी उक्त योजनाको अवधि ७ वर्षको रहेको छ । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
 

बुधबार, ०५ जेठ २०७८, १८ : ०६

प्रतिक्रिया