लुम्बिनी जनरलको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

बुधबार, १२ जेठ २०७८, १४ : ०१

काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (बिहीबार)अन्तिम दिन  रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १४  गतेसम्म बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म लाभांश सुरक्षित गनुपर्ने भएको हो ।  

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले जेठ २८ गते साधारण सभा बोलाएको छ । सभा अपरान्ह ४ बजे कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । 
 

बुधबार, १२ जेठ २०७८, १४ : ०१

प्रतिक्रिया