काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको अन्तिम समय सम्म आउँदा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।
तीन बजेसम्म आउँदा परिसुचक १२.५४ अंकले बढेर २८२७.९३ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८३ शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर १७ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अन्तिम समयसम्ममा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये व्यापार, अन्य र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४७ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया