काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको दुई घण्टा बित्दा परिसुचक १४.८२ अंकले घटेर २८१३.११ को बिन्दुमा पुगेको छ ।
कारोबारको दोस्रो घण्टा सम्ममा २१४ ओटा कम्पनीको १ करोड ५२ लाख ६८ हजार ४८७ कित्ता शेयर ७५ हजार ६११ पटक कारोबार हुदाँ रू ७ अर्ब १ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड र लघुवित्त बढेका छन भने व्यापार, अन्य ,लघुवित्, बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, , निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको परिसूचक घटेका छन ।
प्रतिक्रिया