काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले नै ओरालो लागेको छ ।
कारोबार सुरु भएको तीन घण्टा बित्दा परिसुचक १८.३२ अंकले घटेर २८०९.६१ को बिन्दुमा पुगेको छ ।
कारोबारको तेस्रो घण्टा सम्ममा २१६ ओटा कम्पनीको २ करोड २२ लाख ८५ हजार ४९७ कित्ता शेयर १ लाख ७ हजार १९२ पटक कारोबार हुदाँ रू १० अर्ब २ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड र वित्त बढेका छन भने व्यापार, अन्य ,लघुवित्, बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, , निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको परिसूचक घटेका छन ।
प्रतिक्रिया