काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार्र) कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ ।
कारोबार सुरु भएको ४ घण्टामा परिसुचक ४५.२५ अंकले घटेर २७८२.६८ को बिन्दुमा पुगेको छ ।
सो अवधी सम्ममा कारोबारमा आएका २१८ ओटा कम्पनीको ८ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर १ लाख ४८ हजार ७१५ पटक कारोबार हुदाँ रू १३ अर्ब ९० करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ
यस्तै, अन्तिम समयसम्म कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये म्युचुअल फण्ड बढेको छ भने होटल्स तथा पर्यटन,व्यापार, लघुवित्त, अन्य ,लघुवित्, बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, , निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको परिसूचक घटेका छन ।
यस अवधिसम्म राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. १ हजार २५६ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया