दोस्रो घण्टा : ८.३९ अंकले ओरालो लाग्यो नेप्से, झन्डै ४ अर्बको कारोबार

मंगलबार, १८ जेठ २०७८, १३ : २०

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) दोस्रो घण्टामा नेप्से परिसुचक ८.३९ अंकले ओरालो लागेको छ  ।

दुई घण्टामा नेप्से परिसुचक ८.३९ अंकले ओरालो लागेर २७७४.४४ को बिन्दुमा पुगेको छ । 

यस अवधीसम्ममा कारोबारमा आएका २०९ कम्पनीको ८८ लाख ३३ हजार ८२८ कित्ता शेयर ४५ हजार १८१ पटक कारोबार हुदाँ  ३ अर्ब ७३ करोड ३० लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

एक बजेसम्म कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह बढेका छन भने बाँकी ओरालो लागेका छन ।

मंगलबार, १८ जेठ २०७८, १३ : २०

प्रतिक्रिया