तेस्रो घण्टामा नेप्सेमा ८.८४ अंकको गिरावट,कारोबार रकम कति ?

मंगलबार, १८ जेठ २०७८, १४ : २२

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ८.८४ अंकले घटेर २७७३.९८ विन्दुमा पुगेको छ । 

दुइं बजेसम्म कारोबारमा आएका २१२ ओटा कम्पनीको रु. ५ अर्ब ४० करोड ७९ लाख ६८ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, वित्त, र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६२४ मा कारोबार भइरहेको छ ।

मंगलबार, १८ जेठ २०७८, १४ : २२

प्रतिक्रिया