११.६८ अंक घटेर २७७१.१५ विन्दुमा नेप्से, कारोबार रकम साढे ८ अर्ब माथि

मंगलबार, १८ जेठ २०७८, १५ : ५०

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार)  नेप्से परिसुचक ११.६८ अंक घटेर २७७१.१५ विन्दुमा बन्द भएको छ । आज परिसुचक ०.४२ प्रतिशत घटेको हो । 

मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमवार रू. १३ अर्ब ९० करोड ९१ लाख १३ हजार बराबरको शेयर कारोबार भएको छ  भने मंगलवार कारोबारमा आएका २१६ ओटा कम्पनीको  १ करोड ९७ लाख ८३ हजार ४५४ कित्ता शेयर  ९८ हजार ६०७ पटक कारोबार हुदाँ रू. ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार बराबरको कारोबार भएको छ । 

यस दिन सर्वाधिक रकमको शेयर काराबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५७ करोड ८ लाख १५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६३१ कायम भएको छ । 

दोहोरो अंकले घटेको बजारमा कालिका पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ४१ ले बढेर अन्तिम मूल्य रू। ४५१ कायम भएको छ । 
 

मंगलबार, १८ जेठ २०७८, १५ : ५०

प्रतिक्रिया