काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेका छ ।
संस्थाले ३ लाख ९३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत गत चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
त्यसैगरी मानुुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ । गत आवको तुलनामा उक्त कम्पनीको नाफा १२६ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको थियो ।
प्रतिक्रिया