आइपीओ निष्काशन गर्दै सानिमा लाईफ इन्स्योरेन्स, साधारण सभा आज

आइतबार, २३ जेठ २०७८, ०८ : ४९

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ । यसको प्रस्ताव पारित गर्न आज तेस्रो वार्षिक साधारण सभा गर्दैछ ।

साभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदै छ । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा हिसाव नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

आइतबार, २३ जेठ २०७८, ०८ : ४९

प्रतिक्रिया