कारोबारको पहिलो घण्टा :  झन्डै ६० अंकले अंकले बढेर २९१६ को बिन्दुमा नेप्से, कारोबार रकम कति ?

आइतबार, २३ जेठ २०७८, १२ : १६

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक झन्डै ६० अंकले बढेको छ ।

एक घण्टाको अवधीमा परिसुचक ५९.७१ अंकले बढेर २९१६.४७ को बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

नेप्सेमा आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८२ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०४ कम्पनीका  १ करोड ५ लाख ३९ हजार ७३२ कित्ता शेयर ५ करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, २३ जेठ २०७८, १२ : १६

प्रतिक्रिया