काठमाडौं, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ती गरेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फको शेयर आइतबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा सूचीकृत गरिएको हो ।
नेप्सेका अनुसार र ग्लोबल आइएमई लघुवित्तले स्पर्सलाई (१ः०.९) को अनुपातमा अर्थात ९० रुपैयाँमा खरीद गरेको थियो । यसअनुसार कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया