नेप्सेमा एतिहासिक रेकर्ड : एक सेकेण्डमा झण्डै १२ लाखको शेयर कारोबार

सोमबार, २४ जेठ २०७८, ०७ : ११

काठमाडौं - आइतबार शेयर बजारमा एतिहासिक रेकर्ड कायम गरेको छ । बजार सुचक ५०.१४ अंकले बढेर २९०६.९१ अंकमा उक्लिएको छ । 

२१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयरहरु १ लाख ७१ हजार ६० पटक किनबेच हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैंयाको कारोबार भएको छ ।

आइतबार बिहान ११ बजेदेदि दिउँसो ३ बजेसम्मको ४ घण्टाको अवधिमा उल्लेखित तथ्यांकमा शेयर कारोबार भएको हो । ४ घण्टाको अवधिमा कुल २४० मिनेट र १४ हजार ४०० सेकेण्डको अवधिसम्म बजार सञ्चालन भएको छ ।

माथि उल्लेखित कारोबार विबरणलाई औषत प्रति सेकेण्डमा रुपान्तरण गर्दा प्रति सेकेण्ड २ हजार ६०१ कित्ता शेयर १२ पटकको किनबेचबाट ११ लाख ९९ हजार ४३० रुपैंयाको कारोबार भएको छ ।

मिनेटका आधारमा हेर्दा प्रतिमिनेट १ लाख ५६ हजार ६३ कित्ता शेयर ७१२ पटकको किनबेचबाट ७ करोड १९ लाख ६५ हजार ७८१ रुपैंयामा किनबेच भएका छन् ।

औषत प्रतिघण्टामा ९३ लाख ६३ हजार ७९८ कित्ता शेयर ४२ हजार ७६५ पटकको किनबेचबाट ४ अर्ब ३१ करोड ७९ लाख ४७ हजार रुपैंयाको शेयर कारोबार भएको छ ।v

सोमबार, २४ जेठ २०७८, ०७ : ११

प्रतिक्रिया