२०८ कम्पनीको ८ अर्ब भन्दा बढीको कारोबार, नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार

सोमबार, २४ जेठ २०७८, १३ : २१

काठमाडौं, साताको सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २.७८ अंकले बढेर २९०९.६९ विन्दुमा पुगेको छ ।   

दुई घण्टाको अवधिमा २०८ ओटा कम्पनीको रू. ८ अर्ब ८ करोड ५ लाख ११ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३१ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

सोमबार, २४ जेठ २०७८, १३ : २१

प्रतिक्रिया